बलिउडकी सर्वाधिक चर्चित गायिका लता मंगेशकरको निधन



भारतकी सर्वाधिक चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा आज असामयिक निधन भएको छ । संगीत जगतकी कोकिलाको रुपमा परिचित लताको निधनले यतिबेला पुरा भारतलाई स्तब्ध तुल्याएको छ ।

उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जली । उनको निधन देशका लागि अपूरणीय क्षती हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् । ’

प्रतिक्रिया दिनुहोस्