पलको प्रश्न– ‘केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ’ ?



पल शाह युवापुस्तामाझ सर्वाधिक लोकप्रिय अभिनेता हुन् । कोरोनाका कारण फिल्म क्षेत्रका काम रोकिएसँगै पछिल्ला दिनहरुमा उनी म्यूजिक भिडियोमा निकै नै व्यस्त देखिन थालेका छन् । पलका एकपछि अर्को म्युजिक भिडियो रिलिज भैरहेका हुन्छन् ।

यसैबिच पल बेला बेलामा विभिन्न मोडलसँग नाम जोडिनाले चर्चामा समेत आउने गरेका छन् । केहीसमय अघि उनको मोडल रियाशा दाहालसँग नाम जोडिएको थियो । त्यसपछि गरिमा शर्मासँग अनि पछिल्लो समयमा उनी गायिका समिक्षा अधिकारीसँग नाम जोडिएका कारण लाइमलाइटमा आइरहेका छन् ।

यसरी विभिन्न मोडलसँग नाम जोडिदाँ पललाई अनेक उपनाम दिन थालिएको छ । उनलाई केहीले प्ले ब्वाई भन्न थालेका छन् । पलले भने यो कुराको सिधैँ खण्डन गरेका छन् ।

उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘म मनोरञ्जन क्षेत्रमा काम गर्छु । त्यसैले महिला मोडलसँग नजिक भएर काम गर्नैपर्छ । कुनै पनि सहकर्मी कलाकारसँग केमेस्ट्री बनाउनका लागि भएपनि थोरै मिहिनेत गर्नैपर्छ ।’

पलले यसरी नजिक हुनुलाई प्लेब्वाइ नै भन्न नमिल्ने बताए । उनले अगाडि भने, ‘पहिले पहिले गाउँतिर कुनै केटीसँग बोल्दा, हाँस्दा, हात समातेर हिँड्दा लभ नै परेको भनेर हल्ला गरिन्थ्यो । तर यसो गर्दैमा लभ पर्छ भन्ने हुँदोरहेनछ । उनीहरुको सम्बन्ध मित्रतामा जोडिएको पनि हुनसक्छ ।’

उनले दर्शकले यसरी कुरै नबुझी अनेक नाम दिदाँ आफूलाई केही नराम्रो लागेपनि यसले आफ्नो काममा भने कुनैपनि फरक नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्