नेपाल प्रहरीको “अप्रेसन हनी” सफल : ७६ ०० केजी नक्कली मह सहित नरेश श्रेष्ठ पक्राउ



नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन मह उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७८।१०।०६ गते का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती ६ का नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई गुणस्तरहीन मह बनाई रहेको अवस्थामा पक्राउ गरेको छ।

प्रहरीले पक्राउको क्रममा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको जनाएको छ ।

प्रहरीका अनुसार निज नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको ।
•निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको ।
•निजले गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको ।
•निजले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको ।
•निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको ।
•निजले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको ।
•उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको ।

बरामद गरेका सामानहरुः-
१.गुणस्तरहिन तयारी मह ६०० के.जी.
२.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।
३.ग्लुकोज ५०० के.जी.
४.चिनी १०० के.जी.
५.Weight मेसिन थान-१
६.लेभल मेसिन थान-१
७.सिल मेसिन थान-१
८.पेट्राइज मेसिन थान-१
९.स्टोरेज मेसिन थान-१
१०.स्पर्स हनीका लेभलहरु ( स्टिकर )
११.पेट जार अ. १००० पिस
पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई यस महानगरीय अपराध महाशाखा हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्