नेदरल्यान्डको फिल्म फेस्टिभलमा नेपालका दुई फिल्म छनौट



निरञ्जन राज भेटवाल र सुनिल पाण्डेले निर्देशन गरेका फिल्म विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा छानिएका छन् । निरञ्जन निर्देशित ‘अन्हद’ र सुनिल निर्देशित ‘बाघथान’ इन्टरनेसल फिल्म फेस्टिभल रोट्रेड्यामको ५१ औँ संस्करणमा छानिएका हुन् ।

एक साथ दुई फिल्म यति ठूलो फेस्टिभलमा छानिएको यो पहिलो अवसर हो । दुवै फिल्मलाई आइसफल प्रडक्सनले निर्माण गरेको हो ।

दुवै फिल्म सर्ट तथा मिड लेन्थ विधामा प्रतिस्पर्धी रहेका छन् । अंग्रेजी नाम ‘इटर्नल्स मेलोडी’रहेको निरञ्जन निर्देशित फिल्मले हिन्दू संस्कारमा विद्यमान प्रेत र प्रेत मुक्तिका लागि गरिने क्रियाकर्मको कथा पेस गर्छ । कथानुसार दिवंगत श्रीमान् सपनामा आएर आफू मुक्त नभएको सन्देश दिएपछि छोरालाई लिएर श्रीमतीले गर्ने आन्तरिक तथा बाह्य यात्रालाई फिल्मले विषय बनाएको छ ।

यही महिनाको २६ तारिखदेखि फ्रेब्रुअरी ६सम्म चल्ने फेस्टिभल यो साल अनलाइन हुनेछ । ओम्रिकोनका कारण केही दिनअघि मात्र फेस्टिभल आयोजकले यो संस्करण अनलाइन हुने सूचना जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्