वैवाहिक जीवनमा बाधिइन् लोकप्रिय मोडल रेश्मा घिमिरे



लोकप्रिय टिकटक स्टार रेश्मा घिमिरे वैवाहिक बन्धनमा बाधिएकी छिन् । उनले आज अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी हुन् ।

रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् । उसो त, रेश्माले केही वर्ष अगाडि एक चलचित्रमा काम नगरेकी होइनन् । तर, यो चलचित्र असफल भएपछि रेश्मा मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् ।

अहिले भने रेश्मालाई म्युजिक भिडियोबाट मात्र नभएर चलचित्रबाट पनि राम्रै अफर आइरहेका छन् । तर रेश्माले अहिले चलचित्र खेल्ने विषयमा भने केहीपनि बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्