आफन्तको कुकुरले ओठ खाइदिएपछि उपचार गर्न ५ करोड खर्च



क्यालिफोर्नियाकी एक मोडलले कुकुरको आक्रमणको शिकार भएपछि करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो ।

मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आक्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो । तर, त्यही दिन कुकुरले आक्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आक्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।

तरपनि अहिले उनले सर्जरी गरेर नर्मल हुने कोशिस गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्