धेरै शारिरीक सम्बन्ध राखेर बिरामी भए प्रसिद्ध अभिनेता



हलिउडका चर्चित अभिनेता विल स्मिथ यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छन् । स्मिथले आफ्नो बायोग्राफीमा गर्लफ्रेण्डसँग ब्रेकअपपछि एक समय अत्यन्तै धेरै महिलाहरुसँग शारीरिक सम्बन्ध बनाएर बिरामी भएको दावी गरेका छन् । ५३ वर्षका विलको यो किताब यही महिनाको सुरुमा सार्वजनिक भएको थियो । यसमा उनले आफ्ना याद र अनुभवलाई साझा गरेका छन् ।

विलले आफ्नो किताबमा लेखेका छन् ‘ब्रेकअप मेरो लागि निकै असहनीय भएको थियो । त्यसपछि म धेरै महिलाहरुसँग सम्बन्ध बनाउन थालें । यसका कारण मेरो शरीरमा साइकोसोम्याटिक डिसअर्डर विकसित भयो । त्यसपछि मलाई सेक्सपछि लगातार बान्ता हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्