इन्गेजमेन्ट गरेको १ बर्षपछि प्रेमी प्रभातसँग विवाह गर्दै रेश्मा



युवापुस्तामाझ चर्चित टिकटक स्टार तथा मोडल रेश्मा घिमिरे वैवाहिक बन्धनमा बाधिने भएकी छिन् । रेश्माले यहि मंसिर १४ गते अमेरिका निवासी प्रभात बाबुसँग विवाह गर्न लागेकी हुन् ।

रेश्मा र प्रभातले गतबर्षको मंसिरमा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गरेको १ बर्षपछि यी दुईले विवाह गर्न लागेका हुन् । रेश्मा र प्रभातबिच ३ बर्षअघि चिनजान भएको थियो । यी दुईले विवाह भने परिवारको सल्लाहमा नै गर्न लागेका हुन् ।

उनीहरुको विवाह विराटनगरबाट हुनेछ । रेश्माले आफ्ना साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि भने काठमाडौंमा पार्टीको आयोजना गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्