अन्ततः फागुन १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै ‘प्रेमगीत ३’



चलचित्र प्रेमगीत ३ दर्शकमाझ सर्वाधिक प्रतिक्षित चलचित्र हो । करिब २ बर्ष अगाडि छायांकन सकिएको चलचित्र कोरोनाका कारणले प्रदर्शनमा आउन सकेको थिएन । अन्ततः चलचित्र प्रेमगीत ३ निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको छ ।

दर्शकको लामो समयको प्रतिक्षापछि अब प्रेमगीत ३ फागुन १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।

२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्