जब गायिकाले लाइभ कन्सर्टमा फ्यानको अनुहारमा पिसाब गरिदिइन्…



अमेरिकी गायिका सोफिया उरिस्ता यतिबेला निकै चर्चामा छन् । हालैमात्र भएको अफ्नो लाइभ कन्सर्टपछि निकै विवादमा परेकी छिन् । खासमा उनले यो लाइभ कन्सर्टमा यस्तो हर्कत गरिदिइन् जसका कारण उनको ब्याण्डले माफी माग्नु परेको छ ।

सोफियाले आफ्नो लाइभ कन्सर्टको क्रममा एक जना फ्यानको अनुहारमा पिसाब गरिदिएकी थिइन् । जसको कारण उनलाई फ्यानले निकै नै गाली गरिरहेका छन् ।

निकै विवादमा आएपछि उनले सामाजिक संजालमा पोस्ट गर्दै आफू सधैं स्टेजमा आफ्नो सीमामा रहने बताउँदै आफूले यस्ता हर्कतको माध्यमबाट नभइ संगीतकै माध्यमबाट दर्शकको ध्यान आकर्षित गर्न मन पराउने बताएकी छिन् । उनले मानिसहरुलाई आहत गर्ने आफ्नो चाहना नभएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्