वैवाहिक बन्धनमा बाधिइन् चर्चित गायिका प्रविशा अधिकारी, बधाई दिनेको ओइरो



युवापुस्तामाझ निकै चर्चित गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग हिजो लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ ।

पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् ।

यतिबेला सामाजिक सञ्जालमा प्रविशा र निर्माणका विवाहका तस्बिर तथा भिडियोहरु भाइरल भैरहेका छन् । यस्तै प्रविशालाई बधाई दिनेको ओइरो नै लागेको छ । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् । हाम्रो तर्फबाट पनि प्रविशालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्