विवाह गर्दै गायिका प्रविशा अधिकारी



प्रविशा अधिकारी युवापुस्तामाझ सर्वाधिक लोकप्रिय गायिका हुन् । पछिल्लो समयमा उनले गाएका अधिकांश गीतहरुले चर्चा बटुलिरहेका छन् । उनै गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाधिने भएकी छिन् ।

प्रविशाले झापा चारपाने निवासी निर्माण सिटौलासँग विवाह गर्न लागेकी हुन् । ​ प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।

प्रविशाको विवाहको खबर सार्वजनिक भएसँगै उनलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्