छोरीको जन्मदिन मनाउन माल्दिभ्स पुगे ऐश्वर्या र अभिषेक



बलिउडका सर्वाधिक चर्चित जोडी ऐश्वर्या राय र अभिषेक बच्चन छोरी आराध्याको जन्मदिन मनाउन माल्दिभ्स पुगेका छन् । आज आराध्या आफ्नो १० औँ जन्मदिन मनाउँदै छिन् । छोरीको जन्मदिनलाई विषेश बनाउनको लागि ऐश्वर्या र अभिषेक माल्दिभ्स पुगेका हुन् ।

हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ऐश्वर्याले रिसोर्टको फोटो सेयर गरेकी छिन् । अमिला रिसोर्टमा विभिन्न खालका भिल्ला छन् जसमा रीफ वाटर पूल भिल्ला, सनसेट वाटर पूल भिल्ला, लगून वाटर पूल भिल्ला र मल्टी बेडरुम रेजिडेन्स समावेश छन् । थुप्रै विलामा नीजि पूल र सी भ्यू पनि समावेश छ जहाँ एक रातको ७६००० देखि १४ लाख भारुसम्म तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्