संगीत प्रेमी गितारिष्टको प्रेम कथा लिएर आए लोकपप गायक सुनिल गिरी



काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन् ।

अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिएका छन् । एउटा संगीत प्रेमी गितारिष्टको प्रेम कथालाई निर्देशक सुदिप विष्टले कलात्मक शैलीमा तयार पारेका छन् ।

निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन, सम्पादन, कलरिगं गरेका छन् । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्