तीन महिनामा १४ प्रतिशतमात्र खर्च



सरकारले चालू आर्थिक वर्ष २०७८र०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो ।

यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन लक्ष्यको १४.३ प्रतिशत हो । पुँजीगत खर्चको भुक्तानी हुँदै गएको तथा चाडवाड लक्षित खर्च बढेका कारण असोज महिनामा धेरै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगेलले बताए । आजकोकारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्