मनमा फैलने डर, त्रास र भ्रमको कथामा “द रुम”



लघु चलचित्र “द रुम” को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैले गरेको उनको दाबी छ ।

हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको जानकरी दिए ।

उनले उक्त लघु चलचित्रलाई बिभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय लघुचलचित्र महोत्सवहरुमा सहभागी गराइने र अनि मात्र दर्शकहरु सामु सार्बजनिक गरिने उनले बताए । उनले उक्त लघु चलचित्र, आफ्नो टिम मेम्बर बजेटको अभाब आदि कारणले चलचित्र बनाउन चाहेर पनि बनाउन नसकिरहेका युवाहरुलाइ आफू एक्लै पनि चलचित्र बनाउन सकिन्छ,आफ्नो क्षमता देखाउन सकिन्छ, राम्रो कथामा बनाउन सकियो भने अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो चलचित्र पुर्याउन सकिन्छ भन्ने हेतुले बनाइएको र युवाहरुलाइ प्रेरणाको स्रोत बन्न सक्ने पनि उनको भनाई छ । तर आफुलाइ चलचित्र सम्बन्धि सम्पुर्ण कुराको थोरै थोरै भए पनि ज्ञान हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्