आर्यन खानको जमानत निवेदन अदालतद्धारा अस्वीकार



मुम्बई । लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ ।

मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय लिएको हो । यो निर्णयसँगै आर्यनसहित अन्य ८ जनाले अझै न्यायिक हिरासतमा बिताउनु पर्नेछ ।

आर्यनका वकिल सतीश मानेशिन्देले मुख्य आरोपी पक्राउ नपरेसम्म अन्य आरोपीलाई हिरासतमा राख्न नमिल्ने दाबी गर्दै गरेका थिए । दुवै पक्षको बहस सुनेपछि अदालतले बिहीबार आर्यनसति ७ आरोपिलाई १४ दिनसम्म न्यायिक हिरासतमा पठाउने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्