थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु



देशभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोही अवधिमा १० जनाले कोरोना कारण ज्यान गुमाएका छन् भने १०३३ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिको परीक्षणमा ८ लाख ९९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ८३९ जना पुगेको छ।

संक्रमितमध्ये ७ लाख ७४ हजार १७३ जना निको भएका छन् भने कुल ११ हजार २१० जनाको मृत्यु भएको छ । हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्