बिबेक र शिखाको “ज्यानको बाजी”



गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ। गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापना को अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्मा को रहेको छ।

गीतको भिडियो मा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्य को अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखरेलले खिचेका हुन् भने सम्पादन शिलन लम्साल को रहेको छ।

यस अघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोक पप शैलीको यस गीतलाइ दर्शक तथा श्रोता ले मन पराउने आशा गायक बिबेकले गरेका छन्। गीतलाइ उनको आफ्नै यु टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्