
केही समयदेखि निर्देशक तथा कलाकार शोभित बस्नेत बारम्बार विवादमा तानिइरहेका छन् । केहीसमय अघि उनले महानायक उपाधीलाई लिएर टिप्प्पणी गरेका थिए । उनले राजेश हमालले नेपाली सिने जगतमा चलचित्र खेल्ने बाहेक अरु कुनै योगदान नदिएकाले उनलाई महानायक भन्न नमिल्ने बताएका थिए ।
उनले राजेश हमालको तुलनामा नेपाली सिने जगतमा भुवन केसीको योगदान धेरै रहेकाले उनी चाहिँ महानायक हुनुपर्ने समेत बताएका थिए । यो कुरालाई लिएर उनी निकै विवादमा तानिए । अझ भनुम अहिलेसम्म पनि उनी विवादमा नै छन् । उनले हालैमात्र यस कुरामा फेरि आफ्नो विचार राखेका छन् ।
चलचित्र ‘डाँडाको वर पीपल’को गीत रिलिज कार्यक्रममा पनि शोभितले यही कुरा दोहोर्याए । उनले भने–‘नायक भुवन केसीले चलचित्र खेले, यसैमा लगानी गरे । आफ्नी श्रीमतीलाई अरुको अंगालोमा नचाए । छोेरालाई पनि यही क्षेत्रमा ल्याए । यसैले, उनी महानायक हुन् ।’
यसपछि भने शोभितले नयाँ चाल चले । उनले, चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललाई बोलाएनन् । बरु, राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम आयोजना गरे ।
उनले, यो कार्यक्रममा भनेका छन्–‘मलाई लाग्थ्यो केही व्यक्तिले दिएको महानायक भन्दा सुपरस्टारकोे उपाधि ठूलो हो । तर, म गलत रहेछु । आजदेखि म राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्नेछु ।’
शोभितले यो बयानमा पनि घुमाउरो शैलीमा ‘महानायक भन्दा सुपरस्टार’ नै ठूलो उपाधि हो भनेर दर्शाउन खोजेका छन् ।