छोरा आर्यन जेल परेपछि मध्यरातमा साहरुखलाई भेट्न ‘मन्नत’ पुगे सलमान



यतिबेला बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेल परेको खबरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा छ ।

यसैविच, साहरुखको परिवारलाई साथ दिन नायक सलमान खान मध्यरातमा मन्नत पुगेका छन् । सलमान आइतबार राती मन्नत पुगेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ ।

बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ । यो कुराको उदाहरण सलमानले हालैमात्र शाहरुख समस्यामा पर्दा उनलाई साथ दिएर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्