बलिउड अभिनेता शाहरुख खानका छोरा पक्राउ



बलिउड स्टार शाहरुख खानका छोरा पक्राउ परेका छन् । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरा सहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्