‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’ : पल्पसा डंगोल (चम्सुरी)



हाँस्य जगतकी चर्चित कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । पल्पसाले हालैमात्र आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिएकी छिन् ।

उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ ।

दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्