यी हुन् ‘द भ्वाइस किड्स’ का ४ कोच, कार्तिकबाट प्रशारणमा आउने



हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण गर्ने तयारी गरेको छ ।

यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउन पाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ । अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’को तयारीमा व्यस्त छन् । आजबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक जुटेको छ ।

यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्