निकोलले जन्मदिनको केक काट्दा कपालमा आगो लागेपछि…



अमेरिकी टेलिभिजन अभिनेत्री निकोल रिचीले बिहीबार आफ्नो ४० औं जन्मदिन मनाएकी छन् । उनले जन्मदिनमा केक काटिरहँदा एउटा घटना भएको छ ।

निकोलले केक काट्नका लागि मेन बत्ती निभाउने काम गरिरहँदा एक मैन बत्तीले उनको कपालमा आगो लागेको थियो । कपालमा आगो देखेपछि उनी डराएर चिच्याएकी थिइन् ।

यो घटनामा निकोललाई केही भएन । उनी ठिक छिन् । यो घटनापछि अभिनेत्री आफैंले घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् । उनले क्याप्सनमा हालसम्म ४० औं वर्षको आगो बलिरहेको छ, भनी लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्