‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूरको हृदयघातको कारण निधन



मुम्बई । भारतीय टेलिभिजन रियालिटी एमटीभि लभ स्कुल अभिनेता जगनूर अनेजाको हृदयघातका कारण इजिप्टमा निधन भएको छ । जगनूर इजिप्ट घुम्न गएका थिए ।

बुधबारमात्र जगनूरले इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा उनले आफ्नो इजिप्ट यात्रको फोटो लगातार शेयर गरिरहेका थिए । उनले रिल भिडियो शेयर गरेका थिए । जसमा उनी इजिप्टको सुन्दर लोकेशन र पिरामिडमा देखिएका थिए । भिडियो र तस्वीरमा उनी पूर्ण रुपमा फिट देखिएका थिए ।

‘एउटा सपना सत्य भयो । जब मैले गीजाको महान पिरामिडहरुलाई देखें । मेरो बकेट लिस्टमा एक इच्छा पुरा भयो’, उनले क्याप्सन लेखेका थिए । जनगूरको निधनको खबरले उनको परिवार र सेलिब्रेटी शोकमा छन् ।

प्रतिक्रिया दिनुहोस्