आमा बनिन् प्रियंका, बधाई दिनेको ओइरो



नेपाली सिने जगतकी लोकप्रिय नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । तस्बिर सार्वजनिक गरेसँगै प्रियंका र आयुष्मानलाई बधाई दिनेको ओइरो नै लागेको छ ।

हाम्रो तर्फबाट पनि प्रियंका र आयुष्मानलाई धेरै धेरै बधाई ।

प्रतिक्रिया दिनुहोस्