बिग बोस–१५ होस्ट गर्नका लागि सलमान खानलाई ३५० करोड भारु दिइने



बिगबोस भारतीय टेलिभिजनको सर्वाधिक चर्चित रियालिटी शो हो । बिगबोसलाई लामो समयदेखि बलिउडका सुपरस्टार सलमान खानले होष्ट गर्दै आएका छन् । यो पाली सलमानले बिगबोस होष्ट गर्नको लागि आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका छन् ।

सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ ।

सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्