कामप्रति अक्षयको लगाव : आमाको निधन भएको दुई दिनपछि नै फर्किए सुटिङमा



बलिउड अभिनेता अक्षय कुमार सबैभन्दा धेरै काम गर्ने अभिनेताको रुपमा परिचित हुन थालेका छन् । उनी आफ्नो कामप्रति निकै नै जिम्मेवार छन् । जस्तोसुकै परिस्थिति आएपनि आफूले गर्न भनेर सुरु गरेको कामलाई उनी पुरा गर्छन् ।

केहीदिन अघिमात्र अक्षयले आफ्नी आमालाई गुमाए । आमाको निधनले उनी अत्यन्तै दुखी छन् । तरपनि उनी आमाको निधन भएको २ दिनमै काममा फर्किएका छन् । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय शुक्रबार यूके जानका लागि तयार छन् ।

अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्