गोबिन्दाकी श्रीमती सुनिताले आक्रोशित हुदैँ भनिन्, ‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न मन छैन’



लामो समयदेखि बलिउडमा अभिनेता गोबिन्दा र उनका भान्जा कृष्णा अभिषेकबिच राम्रो सम्बन्ध नभएको चर्चा चलिरहेको छ । यसको उदाहरणको रुपमा हालै सुट भएको कपिल शर्मा शो लाई लिन सकिन्छ । कपिलले यसपटक आफ्नो शो मा गेष्टको रुपमा गोबिन्दा र उनकी श्रीमती सुनिता अहुजालाई बोलाएका थिए ।

आफ्नो मामा आउने भएपछि गोबिन्दाले यसपटक शो मा प्रस्तुती दिनको लागि ठाडै अस्वीकार गरे । यसैबिच गोबिन्दाकी श्रीमती सुनिताले कृष्णाबारे कडा टिप्पणी गरेकी छिन् ।

कृष्णाले यसपटक शो मा प्रस्तुती दिन अस्वीकार गरेपछि आफूहरु असाध्यै दुःखी भएको बताउँदै सुनिताले उनीहरुबीचको विवाद कहिल्यै नसुल्झिने स्पष्ट पारेकी छिन् । उनले रिसाउँदै भनिन्, ‘म उसको अनुहार जीवनभर हेर्न चाहन्नँ ।’

कृष्णा र गोबिन्दाको सम्बन्ध निकै लामो समयदेखि तनावपूर्ण छ ।

एक भारतीय सञ्चारमाध्यमसँगको कुरामा सुनिताले तीनवर्ष अघिको घटना स्मरण गर्दै भनिन्, ‘यो त कहिल्यै हुनै सक्दैन । तीन वर्ष अघि पनि मैले भनेकी थिएँ कि म हुँदासम्म यो विवाद सुल्झिने छैन । परिवारको नाममा तपाईंले कसैमाथि दुर्व्यवहार र होच्याउने काम त गर्नुभएन नि । हामीले उनीहरुलाई हुर्काएका हौं, उनीहरुको आशामा बाँचेका पनि छैनौं । म अहिलेका लागि यत्ति मात्रै भन्न सक्छु कि यो विवाद कहिल्यै सुल्झिने छैन र जीवनभरी उसको अनुहार हेर्न चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्