चैत्र २५ मा रिलिज हुदैँ अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’



कोरोना महामारीले चलचित्र क्षेत्रलाई अस्तव्यस्त बनाइदिएको छ । गतबर्ष नै चलचित्रको छायांकन मात्र नभएर प्रदर्शन मिति नै तोकेर ढुक्कले बसेका निर्माताहरु तनावमा छन् ।

निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए । तीज लक्षित चलचित्रको प्रदर्शन मितिले चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा पनि गरिएको थियो । तर, दोश्रो चरणको कोरोना महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले चलचित्रको प्रदर्शन अस्तव्यस्त बनाइदियो ।

अब निर्माता सुनिल कुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’लाई चैत्र २५ गते रिलिज गर्ने घोषणा गरेका छन् । निर्माता थापा र निर्देशक झरना थापाले सामाजिक संजालबाट यो चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् ।

नयाँ बर्षलाई लक्षित गर्दै निर्माणपक्षले चैत्र २५ गते चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्