आमा बनेपछि ऋचाले भनिन्, ‘एकाएक परिपक्क भएको महशुस भैरहेको छ’



केहीदिन अघिमात्र अभिनेत्री ऋचा शर्माले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । आमा बनेसँगै ऋचालाई सामाजिक सञ्जालमा बधाई दिनेको बाढी नै लागेको छ ।

यसैबिच ऋचाले पनि आमा बनेपछि आप्नो खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा श्रीमान र छोरासँगको तस्बिर साझेदार गर्दै उनले एकाएक परिपक्क भएको अनुभव भैरहेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभाष भइरहेको छ । ‘सोच्दा पनि पृथ्वी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूणर् र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन् ।’

उनले आमाले झै माया गर्ने सासुआमा, बुवा झै आशिष दिने ससुरा बुवा, मनले मागेभन्दा बढी बुझिदिने जीवनसाथीसंगै आफ्नो सन्तानको आगमनमा आफू जत्तिको धनी ब्यक्ति कोही छैन जस्तो लागिरहेको उल्लेख गरेकी छिन् ।

उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकूँ भन्ने लोभ रहेको बताएकी छिन् । उनले छोराको नाम आभ्यान राखेको समेत जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्