भावुक हुदैँ अक्षयले लेखे,’आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छु’



हिजोमात्र बलिउडका सर्वाधिक चर्चित अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । यसबारे स्वयम अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

आमाको निधनले यतिबेला अक्षय स्तब्ध भएका छन् । बलिउडका धेरै सेलिब्रेटिले उनलाई सान्त्वना दिइरहेका छन् । यसैबिच अक्षयले आमालाई सम्झदैँ सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।

उनले स्टाटसमा लेखेका छन्,–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’

प्रतिक्रिया दिनुहोस्