बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन



बलिउडका चर्चित अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । भारतीय मिडिया अनुसार अक्षयकी आमा लामो समयदेखि बिरामी थिइन् । आमाको निधनबारे स्वयम अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’

अक्षय कुमारको यो पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्