गृहजिल्लामा ‘कमेडी च्याम्पियन’ का भरतमणिको भव्य स्वागत



कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो ।

स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वःस्र्फूतरुपमा घरको अगाडि घँडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूलमाला, खादा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्