भारतीय टेलिभिजनका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन



टेलिभिजन दुनियाँका सर्वाधिक चर्चित अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए । शुक्लाको निधनले पुरा बलिउड नै स्तब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्