थप १,९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु, २,२४८ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्