थप २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु, २३८२ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्