क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’



औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् ।

वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे । उनको युवावस्था निकै संघर्षशील रह्यो । उनले युवा उमेरमा अनेक सास्ती भोगे । जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन् ।

उनको एउटा सपना छ । त्यो हो, ‘क्यान्सरविरुद्ध स्वदेशमै औषधि उत्पादन ।’ जुन सपनाले अब मूर्त रुप लिने भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा छन् । ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उनले भने, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ ।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्