टिम प्रमोदका किरण गजमेरले चुमे ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधी, बधाई दिनेको ओइरो



दर्शकमाझ सर्वाधिक लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को गएराति भव्य र सव्य रुपमा ग्राण्ड फिनाले सम्पन्न भएको ।

ब्लाइन्ड अडिसनदेखि ब्याटल हुदैँ नकआउट, लाइभ हुदैँ छानिएका उत्कृष्ट ४ प्रतिस्पर्धीबिच फिनाले भएको थियो । फिनालेमा कोच प्रमोदबाट किरण गजमेर, कोच राजुबाट तारा मगर, कोच तृष्णाबाट ज्वाला राई र कोच दिपबाट आर्यन फिनालेमा पुगेका थिए ।

दर्शकको सर्वाधिक मतका कारण द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी कोच प्रमोदबाट किरण गजमेरले चुम्न सफल भएका छन् । किरण ब्लाइन्ड अडिसन देखि नै दर्शकको नजरमा पर्दै आएका थिए । किरण बिजेता बनेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्