आमा बनिन् अभिनेत्री गरिमा पन्त, बधाई दिनेको ओइरो



कुनै समयकी सर्वाधिक चर्चित अभिनेत्री गरिमा पन्तलाई पुत्री लाभ भएको छ । गरिमा स्वयमले सामााजिक सञ्जालमार्फत आफ्नो खुसी साटेकी छिन् । गरिमाले श्रीमानसँग छोरीको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।

गरिमाले यो पोष्ट सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।

हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर पनि सामाजिक सञ्जालमार्फत केही अगाडि सार्वजनिक गरेकी थिइन् ।

उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् । केही बर्षको प्रेमलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्