डीडीसीले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने



दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

हाल नेपाल वायु सेवा निगमद्वारा सञ्चालित जहाजहरूमा विदेशी उत्पादित दुग्धजन्य पदार्थ अन्य खानेकुरा बिक्री वितरण भइरहेको छ ।

डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उनले बताए ।

उनले भने, “अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ । त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । ”

निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्