थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु



पछिल्लो २४ घण्टामा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।

यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।

कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्