थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु, १,६६७ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । निको हुने दर ९४।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेको छ।’

प्रतिक्रिया दिनुहोस्