आमा बनिन् ‘भद्रगोल’ की रक्षा, आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरिन् छोरीको तस्बिर



बधाई दिनेको ओइरो मोडल तथा कलाकार रक्षा श्रेष्ठलाई पुत्री लाभ भएको छ । उनले २ महिना अघि नै छोरीलाई जन्म दिएकी हुन् तर उनले यसबारे दर्शकलाई भने आज मात्रै जानकारी दिएकी हुन् ।

गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बनेको खबर भने गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्मदिन परेको र छोरी पनि दुई महिना पुगेकाले छोरीको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्माएको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वजनिक गरेकी हुँ ।’

रक्षाको छोरीको नाम माहिरा गुरुङ रहेको छ ।

चर्चित हाँस्य सिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् । गर्भवती भएपछि भने उनले कलाकारिताबाट ब्रेक लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्