बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन



बलिउडका सर्वाधिक चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । दिलीप कुमारको आज बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ बर्षको उमेरमा निधन भएको हो ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्