यी हुन् ‘द भ्वाइस’ का उत्कृष्ट १२ प्रतिस्पर्धी, विजेता छान्ने जिम्मा अब दर्शकको



‘द भ्वाइस अफ नेपाल’ नेपाली गीतसंगीतलाई माया गर्ने दर्शकको लागि सर्वाधिक लोकप्रिय रियालिटी शो हो । दर्शकले हरेक दिन शुक्रबार र शनिबार हिमालय टेलिभिजनमा द भ्वाइस हेर्न प्रतिक्षा गरिरहेका हुन्छन् ।

यसैबिच ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् । शनिवार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् ।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन् । यस्तै टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष छनौट भएका छन् । टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरीले लाइभ राउण्डमा जाने मौका पाएका छन् ।

अब आउने हप्ताबाट लाइभ राउण्डका एपिसोडहरु प्रसारण हुनेछन् । अब भने कुन प्रतिस्पर्धीलाई अगाडि बढाउने भन्ने फैसला कोचको हातमा हुदैँन । अब भ्वाइसको अन्य राउण्डमा दर्शकको मतको आधारमा प्रतिस्पर्धी अघि बढ्नेछन् ।

अब दर्शकको भोटका आधारमा चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् । प्रभु पे को एप डाउनलोड गरी प्रतिष्पर्धीलाई भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्