
कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र क्षेत्र अस्तव्यस्त बनेको छ । यसैबिच कमलपोखरीस्थित रहेको सर्वाधिक चर्चित कुमारी सिनेमा हल सधैँका लागि बन्द हुने भएको छ ।
दुईवटा पर्दा भएको यो हल अब सधैँको लागि बन्द हुन लागेको हलका सञ्चालकले जानकारी दिएका छन ।
क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।
तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागेको हो । कोरोनाले चलचित्र भवनको खर्च धान्न नसकेकाले सधैका लागि बन्न गर्न लागेको क्यूएफएक्सका सिइओ रोशन अडिगाले जानकारी दिए ।
कोरोना महामारी अघि यो हल कुनै दिन बन्द होला भन्ने कल्पना सम्म नगरेको बताउँदै रोशनले भने, ‘कोरोनाको कारणले चलचित्र भवनको खर्च धान्न नसक्ने भएपछि बन्द गर्न बाध्य भएका हौं ।’
नेपाली फिल्मका निर्माताले ठूलो शेयर पाउने गरेको यो हलमा च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका कार्यक्रम समेत हुदै आएका थिए ।





