चर्चामा प्रियंकाको बेबी सावरको तस्बिर, फ्यानले दिए यस्तो प्रतिक्रिया…



अभिनेत्री प्रियंका कार्की विविध कारणले चर्चामा छाइरहेकी हुन्छिन् । केहीसमयदेखि भने उनी गर्भवती भएका कारण चर्चामा छिन् ।

उनले सामाजिक सञ्जालमा धेरै पटक बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गरिसकेकी छिन् । यसैबिच हालैमात्र प्रियंकाले सामाजिक सञ्जालमा उनको बेबी सावरको तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनी एकपटक पुनःचर्चामा आएकी छिन् ।

तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

फ्यानले भने प्रियंकाको तस्बिरलाई लिएर अनेक खालका प्रतिक्रिया दिइरहेका छन् । कसैले प्रियंकाको खुसीमा साथ दिएका छन् भने कसैले अनावश्यक रहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्