
स्वस्तिमा खड्का युवापुस्तामाझ सर्वाधिक चर्चित नायिका हुन् । उनले छोटो समयमा नै लोभलाग्दो लोकप्रियता पाएकी छिन् । अहिले म्यूजिक भिडियो, विज्ञापनदेखि चलचित्रसम्ममा उनको डिमाण्ड निकै धेरै छ । आज उनै नायिका स्वस्तिमा खड्काको जन्मदिन रहेको छ ।
आज स्वस्तिमाको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । कोरोना महामारीका कारण यसपटकको स्वस्तिमाको जन्मदिन अन्य बर्षहरु झैँ विशेष भने हुन सकेन । स्वस्तिमा पछिल्लो केही समयदेखि चलचित्रमा मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर देखिन थालेकी छिन् ।
केहीदिन अघिमात्र उनी बाढीपहिरोको कारण प्रभावित बनेका मेलम्चीका बासिन्दाको सहयोगको लागि मेलम्ची पुगेकी थिइन् । उनै स्वस्तिमालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।





